हालान्डको सम्झनलायक डेब्युले इराकमाथि नर्वेको सानदार जित

हिमाल प्रेस ३ असार २०८३ ६:२६ | Wednesday, June 17, 2026
6
SHARES
हालान्डको सम्झनलायक डेब्युले इराकमाथि नर्वेको सानदार जित नर्बेका फरवार्ड हालान्ड।

काठमाडौँ- विश्वकै उत्कृष्ट एर्लिङ हालान्डले आफ्नो फिफा विश्वकप डेब्युलाई सम्झनलायक बनाएका छन्। अमेरिकाको बोस्टन रंगशालामा भएको खेलमा हालान्डको दुई गोलको मद्दतले नर्वेले इराकलाई ४-१ को फराकिलो अन्तरले पराजित गरेको छ।

आफ्नो पहिलो विश्वकप खेल खेलिरहेका हालान्डले खेलको २९ औं मिनेटमा उत्कृष्ट हेडरमार्फत गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए। त्यसपछि खेलको ४३ औं मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै नर्वेलाई फेरि अग्रता दिलाए।

खेलको ३९ औं मिनेटमा इराकका आयमन हुसेनले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याएका थिए। यो गोल इराकको विश्वकप इतिहासकै दोस्रो गोल हो, जसले केही समयका लागि इराकी समर्थकहरूमा खुसीको लहर ल्याएको थियो। दोस्रो हाफमा नर्वेले खेललाई पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लियो। खेलको ७६ औं मिनेटमा लियो ओस्टिगार्डले गोल गर्दै स्कोर ३-१ बनाए।

खेलको अन्तिम समयमा इराकका लागि गोल गरेका आयमन हुसेनबाटै दुर्भाग्यवश आफ्नै पोस्टमा आत्मघाती गोल हुन पुग्यो। नर्वेका वैकल्पिक खेलाडी क्रिस्टियन थोर्स्टभेटको दबाबका कारण हुसेनले बल बचाउन खोज्दा आफ्नै जालीमा पुगेको थियो।

प्रकाशित: ३ असार २०८३ ६:२६ | Wednesday, June 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast