मध्य इन्डोनेसियामा आज (मंगलबार) ६.७ म्याग्निच्युडको भूकम्प गएको छ। अमेरिकी भूगर्भीय सर्वेक्षणका अनुसार इन्डोनेसियाको मध्य सुलावेसी प्रान्तस्थित पालुको दक्षिणपूर्वमा बिहान १०ः२७ बजे (स्थानीय समय) भूकम्प गएको हो।
इन्डोनेसियाको मौसम विज्ञान, जलवायु विज्ञान र जियोफिजिक्स एजेन्सीका अनुसार पालु र सिगीमा भूकम्पको ठुलो झड्का महसुस गरिएको थियो, तर सुनामीको खतरा भने छैन। हालसम्म भूकम्पका कारण कुनै हताहत वा क्षतिको रिपोर्ट आइसकेको छैन।
दक्षिणपूर्वी एसियाली राष्ट्र इन्डोनेसियाको विशाल द्वीपसमूह, प्रशान्त रिङअफ फायरलगायतमा बारम्बार भूकम्प आउने गरेको छ। यसअघि सन् २०१८ मा पालुमा आएको ७।५ म्याग्निच्युडको भूकम्प र त्यसपछि आएको सुनामीका कारण २ हजार २०० जनाभन्दा बढीको ज्यान गएको थियो।
प्रकाशित: २ असार २०८३ १३:४० | Tuesday, June 16, 2026
प्रतिक्रिया




