अमेरिका–इरान सम्झौता इजरायलका लागि बाध्यकारी छैन : इजरायल

हिमाल प्रेस १ असार २०८३ १५:२१ | Monday, June 15, 2026
6
SHARES
अमेरिका–इरान सम्झौता इजरायलका लागि बाध्यकारी छैन : इजरायल

काठमाडौँ- अमेरिका र इरानबीच घोषणा गरिएको सम्झौताप्रति इजरायलका राष्ट्रिय सुरक्षामन्त्री इतामार बेन–ग्वेरले आपत्ति जनाएका छन्।

उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अग्रसरतामा भएको सम्झौता इजरायलका लागि ‘बाध्यकारी नभएको’ बताएका हुन्।

सामाजिक सञ्जाल एक्समा आफ्नो धारणा राख्दै मन्त्री बेन–ग्वेरलले लेखेका छन्,‘हामी ट्रम्पको सम्झौता मान्न बाध्य छैनौँ। इजरायल अमेरिकाको अधिनमा छैन, हामी एउटा स्वतन्त्र र सार्वभौम राष्ट्र हौँ।’

उनले आफूहरूको जिम्मेवारी इजरायलका नागरिक, इजरायली रक्षा बलका सैनिक र यहुदी समुदायप्रति मात्र रहेको बताएका छन्।

इतामारले इजरायल कुनै अस्थिर वा कमजोर देश नभएको दाबी गरेका छन्।

‘हामी यो स्पष्ट गर्न चाहन्छौँ कि हामी अमेरिकालाई माया गर्छौँ र राष्ट्रपति ट्रम्पप्रति आभारी पनि छौँ। तर, इजरायल कुनै बनाना स्टेट होइन। मैले यो कुरा प्रधानमन्त्रीलाई लगातार भन्दै आएको छु र हरेक महत्वपूर्ण मञ्चमा दोहोर्‍याइरहेको छु,’ उनले लेखेका छन्।

उनले लेबनानी सशस्त्र समूह हिजबुल्लाहलाई पूर्ण रुपमा समाप्त नगरेसम्म इजरायल कुनै पनि सम्झौतामा सहमत नहुने जिकिर गरेका छन्।

प्रकाशित: १ असार २०८३ १५:२१ | Monday, June 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast