काठमाडौँ- बुढानीलकण्ठ नगरपालिका–५ स्थित अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन)का एक जना सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। सञ्चालक सुरजकृष्ण श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए।
इस्कोनमा अध्ययनरत बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो। केही दिनअघि पक्राउ गरेर श्रेष्ठमाथि अनुसन्धान सुरु गरिएको एसपी भट्टराईले बताए। प्रहरीले उनीमाथि बालबालिका सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ। आफूमाथि दुर्व्यवहार भएको भन्दै इस्कोनका सञ्चालक विरुद्ध बालबालिकाले उजुरी दिएका थिए। उजुरीपछि उनी पक्राउ परेका हुन्।
प्रकाशित: १ असार २०८३ ८:५२ | Monday, June 15, 2026
प्रतिक्रिया




