विशेष र नियमित महाधिवेशनको खाडल मेटाउन सिटौलाको सुझाव

हिमाल प्रेस ३१ जेठ २०८३ १७:०० | Sunday, June 14, 2026
28
SHARES
विशेष र नियमित महाधिवेशनको खाडल मेटाउन सिटौलाको सुझाव कृष्णप्रसाद सिटौला

काठमाडौँ-  नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले विशेष महाधिवेशन र नियमित महाधिवेशनको धार मेटिने गरी निर्णय लिन पार्टी नेतृत्वलाई सुझाव दिएका छन्। आइतबार १४ औँ महाधिवेशन पक्षधरले विराटनगरमा आयोजना गरेको कोशी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘विशेष महाधिवेशन र नियमित महाधिवेशनको खाडल मेटाइदिनुस् न, तपाईँ मेटाउने ठाउँमा हुनुहुन्छ, मेटाइदिनुस् न,’ उपसभापति विश्वप्रकाश शर्माले पठाएको पत्रको जवाफ दिँदै उनले भने।

सिटौलाले पार्टीका समानुपातिक सांसदलाई मनमा डर पसेको टिप्पणी गरे। उनले भने, ‘पार्टीका समानुपातिक सांसदहरूको मनमा डर पसेछ, साँच्चै डर पसेछ। लोभ छ त्यसैले डर छ, डरले कांग्रेस थाम्न सक्दैन, नथामिने कांग्रेसले यो देश थाम्न सक्दैन।’

सिटौलाले सबै संवैधानिक निकाय लत्रिएको अवस्थामा रहेको बताए। उनले भने, ‘प्रहरी प्रशासनको हालत के छ? स्वयं प्रधानमन्त्री संसद्‌मा गएर जवाफ दिनसक्नु हुन्न, आफैँले बोलेको कुरामा जवाफ दिन गार्‍हो छ उहाँलाई। स्पष्टीकरण दिन क्याबिनेटको साथी पठाउने बाध्यता छ उहाँको।’

जनतालाई त्रासबाट मुक्ति दिलाउने एकमात्र पार्टी नेपाली कांग्रेस रहेको उनको भनाइ छ। सिटौलाले एकताबद्ध कांग्रेसले मात्र राष्ट्रका सबै चुनौती सामना गर्न सक्ने बताए।

प्रकाशित: ३१ जेठ २०८३ १७:०० | Sunday, June 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast