पर्सामा एक क्विन्टल गाँजा बरामद

हिमाल प्रेस ३१ जेठ २०८३ १५:०५ | Sunday, June 14, 2026
18
SHARES
पर्सामा एक क्विन्टल गाँजा बरामद

काठमाडौँ- जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेड क्वाटरको संयुक्त टोलीले एक सय किलो गाँजा बरामद गरेको छ।

संयुक्त टोलीले पर्साको जगरनाथपुर गाउँपालिका–३ मुरैयाचोकस्थित खेतमा पाँचवटा चामलको बोरामा लुकाइछिपाइ राखेको अवस्थामा एक सय किलो गाँजा बरामद गेरको हो।

गाँजा कसको हो, कसले कुन प्रयोजनका लागि लुकाइछिपाइ राखेको भन्ने विषयमा थप अनुसन्धान भइरहेको पर्सा प्रहरीका प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिए।

प्रकाशित: ३१ जेठ २०८३ १५:०५ | Sunday, June 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast