कुन आँपको मूल्य कति?

हिमाल प्रेस २९ जेठ २०८३ ८:४३ | Friday, June 12, 2026
30
SHARES
कुन आँपको मूल्य कति?

काठमाडौँ- विभिन्न जातका स्याउ, आँप, केरा, कागती लगायतका फलफूलको थोक मूल्य निर्धारण गरिएको छ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले फुजी स्याउ प्रतिकिलो रु ३००, केरा (नेपाली) दर्जन रु २०० र मालभोग केरा रु २२० तोकिएको  जनाएको छ। अनार प्रतिकिलो रु ४२०, जुनार रु २२० र भुइँकटहर रु २०० रहेको छ।

आँपतर्फ मालदह प्रतिकिलो रु ७० र दशहरी रु १०० कायम गरिएको छ। यस्तै लिची (लोकल) रु २५० र भारतीय लिची रु ३०० प्रति किलो निर्धारण गरिएको छ। नरिवल काँचो रु ८० र हरियो नरिवल रु १७० तोकिएको छ।

प्रकाशित: २९ जेठ २०८३ ८:४३ | Friday, June 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast