नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ सर्वसम्मतिले स्वीकृत

हिमाल प्रेस २८ जेठ २०८३ १९:२० | Thursday, June 11, 2026
20
SHARES
नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ सर्वसम्मतिले स्वीकृत

काठमाडौँ– प्रतिनिधिसभाको बैठकले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।

सभामुख डोलप्रसाद अर्यालले उक्त विधेयक निर्णयार्थ प्रस्तुत गर्दै यो प्रस्ताव सर्वसम्मत रूपमा स्वीकृत भएको घोषणा गरेका हुन्।

अर्थमन्त्री स्वर्णिम वाग्लले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्तुत गरेका थिए। विधेयकमाथि सांसदहरु पुष्पराज कँडेल, श्रद्धा कुँवर, समीक्षा बास्कोटा, गुरुप्रसाद बराल, आरेन राई, लीमा अधिकारी आचार्य, कमल सुवेदी र कृष्णहरि बुढाथोकीले आफ्नो धारणा राखेका थिए।

अर्थमन्त्री वाग्लेले राष्ट्र बैंकलाई स्वतन्त्र र स्वायत्तरूपमा काम गर्न सकोस् भन्ने उद्देश्यले यो ऐन ल्याउन जरुरी भएको बताए।

प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार ११ः०० बजे बस्नेछ।

प्रकाशित: २८ जेठ २०८३ १९:२० | Thursday, June 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast