रास्वपाकी सरिनले भनिन्- आजबाट राजनीतिक बिट मारेँ

हिमाल प्रेस २८ जेठ २०८३ १६:५४ | Thursday, June 11, 2026
36
SHARES
रास्वपाकी सरिनले भनिन्- आजबाट राजनीतिक बिट मारेँ

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कोशी प्रदेश अधिवेशनमा सभापति उम्मेदवार रहेकी गोमा तामाङ ‘सरिन’ ले राजनीतिबाट बाहिरिएको घोषणा गरेकी छन्।

अधिवेशन निर्वाचनको नतिजा नआउँदै सामाजिक सञ्जालबाट उनले राजनीतिबाट बिट मारेको घोषणा गरेकी हुन्। ‘आजबाट राजनीतिक बिट मारेँ। मतदाता सम्पूर्ण साथीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु’, उनले फेसबुकमा लेखेकी छन्।

कोशी प्रदेश सभापति पदमा निवर्तमान कार्यवहाक सभापति सरिनसँगै चन्द्रकुमार गौली, खगेन्द्र कटुवाल, चन्द्रबहादुर राईले उम्मेदवारी दिएका थिए।

सरिनले फेरि लेखेकी छन्,‘आखिर माथिको ह्वीप भन्दै हराएरै छाड्यौं। माननीय तृतीयज्यू र केन्द्रीय सदस्यज्यू धन्यवाद। तपाईँ चौथाज्यूहरूलाई सायद अनेक सेटिङ प्यानल बनाउन जानिनँ। मैले यो कारण गुटबन्दीको घाउले पिरोल्छ कोशीलाई भनेर। तर,मेरो सोझो सीधापन आज दुखाइ भो सबैलाई। हजुरको राजनीति गर्नै जानिनँ, कमजोरी भो मेरो।’

प्रकाशित: २८ जेठ २०८३ १६:५४ | Thursday, June 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast