अर्थमन्त्रीलाई निश्कलको प्रश्न : कसको स्वार्थमा करको दर हेरफेर गरियो?

हिमाल प्रेस २८ जेठ २०८३ १४:५५ | Thursday, June 11, 2026
4
SHARES
अर्थमन्त्रीलाई निश्कलको प्रश्न : कसको स्वार्थमा करको दर हेरफेर गरियो?

काठमाडौँ- नेपाली कांग्रेसका सचेतक निश्कल राईले करका दरमा बारम्बार हेरफेर गरेर अर्थमन्त्रीले संसदको अधिकारमा कैँची चलाएको टिप्पणी गरेका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमाथि भाग लिँदै राईले आर्थिक विधेयकमाथि फेरबदल गर्न लागि नीति, विधि र प्रक्रिया रहेको भन्दै सदनमा पेश भएको आर्थिक विधेयकमा उल्लेख करका दरमा बारम्बार हेरफेर गरेर अर्थमन्त्रीले संसदको अधिकारमा कैँची चलाएको टिप्पणी गरेका हुन्।

उनले करका दरमा हेरफेर गर्ने अक्षम्य गल्ती किन र कसको स्वार्थमा भएको हो? भन्दै प्रश्न गरे।

उनले सदनमा पेश भइसकेको विधेयकमाथि आफूखुशी बदल्ने वा सच्याउने काम राजद्रोह सरह रहेकाले छानबिन हुनुपर्ने माग गरे।
उनले करको दरमा हेरफेर गरेर अर्थमन्त्रीले संसदको अधिकारमाथि कैँची त चलाएको होइन भनेर प्रश्न गरे।

‘करको दरमा बारम्बार हेरफेर गर्नुभयो, उहाँले संसदको अधिकारमाथि कैँची चलाउनु भएको हो कि? आर्थिक विधेयकमा मनलाग्दी फेरबदल गर्नु भएको हो कि?,’ राईले भने,‘संसदमा पेस भएको विधेयकलाई कार्यकारिणी निर्णयबाट कसरी परिवर्तन गर्न सकिन्छ?यो अक्षम्य गल्ती किन र कसको स्वार्थमा भएको हो?’

सदनमा आएको विषय सदनबाटै सम्बोधन हुनुपर्ने बताउँदै उनले कसको इशारा र कसको स्वार्थमा दर आफूखुसी परिवर्तन भएको प्रश्न गरे। सदनमा पेस भइसकेको विधेयक सरकारले आफूखुसी बदल्न नपाउने उनले प्रस्ट पारे।

‘सदनमा पेस भइसकेको विधेयक सरकारले आफूखुसी बदल्न सक्दैन, मलाई लाग्छ अर्थमन्त्रीजी संविधानमाथि हुनुहुन्छ,’ राईले भने,‘अर्थमन्त्रीज्यूको कदम गैरकानुनी मात्रै होइन, उहाँकै भाषामा भन्ने हो भने उहाँ विपक्षी दलमा हुँदाखेरी भन्ने हो भने राजद्रोह सरह हो।’

प्रकाशित: २८ जेठ २०८३ १४:५५ | Thursday, June 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast