बजेटअघि ठूलो संख्यामा गाडी भित्रँदा राज्यलाई फाइदा भएको छ : अर्थमन्त्री

हिमाल प्रेस २७ जेठ २०८३ १४:३४ | Wednesday, June 10, 2026
22
SHARES
बजेटअघि ठूलो संख्यामा गाडी भित्रँदा राज्यलाई फाइदा भएको छ : अर्थमन्त्री अर्थमन्त्री डा.स्वर्णिम वाग्ले

काठमाडौँ- अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका बिषयमा आफूमाथि संगठित रुपमा अफवाह फैलाइएको बताएका छन्।

बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा मन्त्री वाग्लेले बजेट छलफल गर्नुपर्ने प्रतिनिधिसभा अवरोध गरेर आफू विरुद्ध संगठित रुपमा अफवाह फैलाइएको बताएका हुन्।

नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्नहरुमाथि सरकारले छानबिन गरिरहेको भन्दै उनले रुष्ट तिनै समूहबाट पालित पोसितबाट सरकारमाथि आक्रमणको भइरहेको शंका रहेको धारणा राखे।

मन्त्री वाग्लेले संसदमा प्रस्तुत आर्थिक विधेयकमा रहेका त्रुटी सच्चाएपछि सांसदहरुलाई समेत उक्त विधेयकको प्रति उपलब्ध गराइएको जानकारी दिए। आर्थिक विधेयकको पाना नै गायब गरिएको भन्दै जनतालाई छर्न खोजिएको भ्रम धेरै दिन नटिक्ने उनको भनाइ छ।

उनले प्रस्तावित करका दरबारे सूचना चुहावट भएर जेठ १४ गते बीवाइडी गाडी भित्रिएको भनेर आफूमाथि लगाइएको आरोप निराधार भएको स्पष्ट गरे। सुशासनको विषयमा असाध्यै निर्मम रहेको भन्दै उनले अनुमानका भरमा कर बढ्दैछ भनेर हतार हतार गाडी भित्राएको हुनसक्ने बताए। बजेटअघि ठूलो संख्यामा विधुतीय सवारी भित्रँदा राज्यलाई नै फाइदा भएको उनको भनाइ छ।

उनले करका विषयमा कुनै गडबडी नभएकाले संसदीय छानबिन समिति गठनको माग गर्नु उचित नभएको बताए। विना कुनै प्रमाण आरोप लगाएको भरमा जथाभावी संसदीय छानबिन गर्न संसद त्यति सस्तो भयो? भन्दै उहाले प्रश्न गरे।

प्रकाशित: २७ जेठ २०८३ १४:३४ | Wednesday, June 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast