तिखागढीको स्तरोन्नति गरी सेनाले लगायो स्थानीय तहलाई जिम्मा

हिमाल प्रेस २७ जेठ २०८३ १४:११ | Wednesday, June 10, 2026
8
SHARES
तिखागढीको स्तरोन्नति गरी सेनाले लगायो स्थानीय तहलाई जिम्मा

काठमाडौँ- नेपाली सेनाको शीघ्र प्रभावी आयोजनाअन्तर्गत स्तरोन्नति गरिएको डोटीको दीपायल सिलगढी नगरपालिका-१ स्थित पर्यटकीय तथा ऐतिहासिक महत्त्व बोकेको तिखागढी सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरिएको छ।

नेपाली सेनाको भैरवप्रसाद गणद्वारा स्तरोन्नति गरिएको उक्त स्थल बुधबार नं. ५ वाहिनीका वाहिनीपतिले दीपायल सिलगढी नगरपालिकालाई औपचारिक रूपमा हस्तान्तरण गरिएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

तिखागढी डोटी जिल्लाको महत्वपूर्ण ऐतिहासिक तथा पर्यटकीय गन्तव्यका रूपमा परिचित छ। नेपाली सेनाले शीघ्र प्रभावी आयोजनाअन्तर्गत त्यहाँ आवश्यक पूर्वाधार निर्माण तथा स्तरोन्नतिको कार्य सम्पन्न गरेको जनाएको छ।

हस्तान्तरण कार्यक्रममार्फत स्थानीय तहसँग समन्वय गरी ऐतिहासिक तथा पर्यटकीय सम्पदाको संरक्षण, प्रवर्द्धन र पर्यटन विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।

प्रकाशित: २७ जेठ २०८३ १४:११ | Wednesday, June 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast