प्रतिनिधिसभाको बैठक आज पनि स्थगित

हिमाल प्रेस २६ जेठ २०८३ १३:५८ | Tuesday, June 9, 2026
22
SHARES
प्रतिनिधिसभाको बैठक आज पनि स्थगित

काठमाडौँ-  प्रतिनिधिसभाको बैठक आज पनि स्थगित भएको छ। प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिलाई लिएर विपक्षी दलले विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले सदन स्थगित गरेका हुन्।

मंगलबार प्रतिनिधि सभाको बैठक सुरु हुने वितिक्कै विपक्षी दलका सांसदले आफ्नो आसनबाट उठेर विरोध जनाएका थिए।  उनीहरूले प्रधानमन्त्री शाहको भनाइ संसद्को रेकर्डबाट हटाउनुपर्ने माग गरे। प्रधानमन्त्री शाहले संसद्मा आएर आफ्नो भनाइ सच्याउनुपर्ने पनि उनीहरूको माग छ।

विपक्षीले विरोध जारी राखेपछि सभामुख अर्यालले प्रतिनिधि सभाको बैठक स्थगित गरेका हुन्। प्रतिनिधि सभाको अर्को बैठक बुधबार बिहान ११ बजे बस्नेछ। सांसदसँगको प्रश्नोत्तर कार्यक्रमका क्रममा प्रधानमन्त्री शाहले नेपालले पनि भारको जमिन मिचेको भनेर बोलेका थिए। त्यसलाई लिएर विरोध हुँदै आएको छ।

प्रकाशित: २६ जेठ २०८३ १३:५८ | Tuesday, June 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast