गोकुल र कृष्णलाई हराउँदै रास्वपा नवलपुरको सभापतिमा दोमनबहादुर विजयी

हिमाल प्रेस २६ जेठ २०८३ ८:०५ | Tuesday, June 9, 2026
10
SHARES
गोकुल र कृष्णलाई हराउँदै रास्वपा नवलपुरको सभापतिमा दोमनबहादुर विजयी

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरको सभापतिमा दोमनबहादुर भण्डारी निर्वाचित भएका छन् । गएराति सम्पन्न निर्वाचनमा १४२ मतसहित उनी सभापतिमा निर्वाचित भएको निर्वाचन संयोजक मीना शर्मा आचार्यले जानकारी दिइन् ।

प्रतिस्पर्धी गोकुल सापकोटाले १३९ र कृष्णप्रसाद शर्माले १३६ मत प्राप्त गरे ।

उपसभापतिमा जगबहादुर राना, सचिवमा सुदीप न्यौपाने र सहसचिवमा सन्तबहादुर ठाडा निर्वाचित भए। अधिवेशनले २१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

आइतबारदेखि सुरु भएको प्रथम अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि सोमबार साँझ मतदान गरिएको थियो । कुल सात सय ५६ मतदाता रहेकामा चार सय ३३ जनाले मतदान गरेका थिए ।

 

प्रकाशित: २६ जेठ २०८३ ८:०५ | Tuesday, June 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast