भण्डारीलाललाई मन्त्री बनाएकोमा जसपा नेपालको आपत्ति, बर्खास्त गर्न माग

हिमाल प्रेस २५ जेठ २०८३ १६:५५ | Monday, June 8, 2026
34
SHARES
भण्डारीलाललाई मन्त्री बनाएकोमा जसपा नेपालको आपत्ति, बर्खास्त गर्न माग

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी सरकारले भण्डारीलाल अहिरलाई मन्त्री बनाएको विषयमा आपत्ति जनाएको छ।

जसपा नेपाल ‘विभाजित’ भएर बनेको जनता समाजवादी पार्टी (जसपा) बाट भण्डारीलाल मन्त्री बनेका थिए।

जसपालाई सर्वोच्च अदालतले अवैध ठहर गरिसकेको अवस्थामा लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले भण्डारीलाई मन्त्री नियुक्त गरेपछि जसपा नेपालले आपत्ति जनाएको हो।

भण्डारीलालले सोमबार आन्तरिक मामिला तथा कानुनमन्त्रीको शपथ लिएका छन्।

जसपा नेपालका प्रवक्ता मनिष सुमनले मुख्यमन्त्रीले न्यूनतम राजनीतिक नैतिकता र लोकतान्त्रिक मूल्य मान्यताको ख्याल नगरी जसपा नेपालको नाममा भण्डारीलाल अहिरलाई मन्त्री पदको शपथ गराएको आरोप लगाएका छन्।

जसपा नेपालले अदालतको फैसलालगत्तै लुम्बिनी प्रदेश सरकारलाई कानुनी स्थितिको जानकारी गराइसकेको सुमनले उल्लेख गरेका छन्।

‘यसरी मन्त्री नियुक्त गर्नु कानुनी राज्यको उपहासमात्र होइन, लोकतन्त्रमाथिको नांगो प्रहार र बलमिच्याइँको पराकाष्ठा हो,’ उनले विज्ञप्ति निकालेर भनेका छन्,‘मुख्यमन्त्रीका यो हर्कत घोर अलोकतान्त्रिक, असंवैधानिक र राजनीतिक रुपमा अत्यन्तै निन्दनीय छ। हामी यसको कडा शब्दमा भत्र्सना गर्दछौँ।’

जसपा नेपालले भण्डारीलाललाई तत्काल मन्त्री पदबाट बर्खास्त गर्न माग गरेको छ। उनलाई तत्काल पदबाट बर्खास्त नगरिए कानुनी प्रक्रियामा जान बाध्य हुने जसपा नेपालले चेतावनी दिएको छ।

प्रकाशित: २५ जेठ २०८३ १६:५५ | Monday, June 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast