काठमाडौँ- प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी मंगलबारसम्मका लागि स्थगित गरिएको छ।
विपक्षी दलको अवरोधका कारण सोमबार १५ मिनेटका लागि स्थगित गरिएको बैठक सूचना टाँस गरी जेष्ठ २६ गते मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो।
विशेष कारणबस तोकिएको समयमा बैठक बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली २०८३ को नियम ६ को उपनियम(३) बमोजिम सभामुखले जेठ २६ गते मंगलबार बस्ने गरी समय निर्धारण गरेको संसद सचिवालयद्वारा जारी सूचनामा उल्लेख छ।
यसअघि सोमबार बसेको बैठकमा सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विपक्षी दलका सांसदहरुले विरोध जनाएका थिए। प्रधानमन्त्रीले सदनमा आएर माफी माग्नुपर्ने र उक्त अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने विपक्षीको माग छ।
प्रकाशित: २५ जेठ २०८३ १५:०८ | Monday, June 8, 2026
प्रतिक्रिया




