सर्वदलीय बैठकमा निस्किएन निकास

हिमाल प्रेस २५ जेठ २०८३ १३:२२ | Monday, June 8, 2026
10
SHARES
सर्वदलीय बैठकमा निस्किएन निकास सर्वदलीय बैठकपछि थप संवादमा रहेका सत्तापक्ष र प्रतिपक्षी नेताहरू।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा समेत सहमतिको बिन्दु नभेटिएपछि आज पनि प्रतिपक्षी दलहरू संसद् अवरोध गर्न लागेका छन्। आज बिहान लामिछानेले सबै दलहरूसँग संवादका लागि बैठक डाकेका थिए।

संसद्मा प्रतिनिधित्व गर्ने श्रम संस्कृति पार्टी बाहेकका दलका प्रतिनिधि बैठकमा पुगेका थिए। तर बैठकमा सहमतीय बिन्दु नभेटिएको नेताहरूले बताएका छन्। यसअघि प्रतिनिधिसभामा प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले दिएको अभिव्यक्तिलाई लिएर विपक्षी असन्तुष्ट छन्। भारतको सीमा समेत नेपालले अतिक्रमण गरेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर असन्तुष्ट प्रतिपक्षीहरू प्रधानमन्त्रीकै जवाफ खोजिरहो छन्।

नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले नेपाल–भारत सीमाबारे प्रधानमन्त्रीले संसदमा जवाफ नदिएसम्म संसदमा विरोध जारी रहने बताएका छन् ।

बैठकमा रास्वपाका सभापति रवि लामिछानेको भारत भ्रमण र संसदमा देखिएको गतिरोध अन्त्यको विषयमा छलफल भएको उनले जानकारी दिए । तर दुवै विषयमा रास्वपाको प्रस्ट धारणा नआएको महरले बताए । रास्वपाले भने प्रधानमन्त्रीले जबाफ नदिने बताएको छ।

प्रकाशित: २५ जेठ २०८३ १३:२२ | Monday, June 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast