काठमाडौँ- विश्व शान्ति स्थापनाका लागि आफ्नो जीवन समर्पण गर्ने दुई नेपाली शान्ति सैनिकलाई मरणोपरान्त डाग ह्यामार्स्क्जोल्ड पदकबाट सम्मानित गरिएको छ।
५ जुन २०२६ मा संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र मुख्यालयमा आयोजित अन्तर्राष्ट्रिय संयुक्त राष्ट्र शान्ति सेना दिवस समारोहमा उक्त सम्मान प्रदान गरिएको हो।
संयुक्त राष्ट्रसंघ शान्ति मिसनमा सेवाका क्रममा जीवन गुमाएका ती नेपाली शान्ति सैनिकहरूको योगदानको उच्च मूल्यांकन गर्दै पदक प्रदान गरिएको हो।
नेपालको तर्फबाट संयुक्त राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि लोकबहादुर थापाले उक्त मरणोपरान्त पदक ग्रहण गरेका थिए।
उक्त समारोहमा विश्वभरका शान्ति सैनिकहरूको योगदानलाई स्मरण गर्दै शान्ति स्थापना, मानवता र अन्तर्राष्ट्रिय सहयोगमा उनीहरूको भूमिकालाई उच्च सम्मान गरिएको थियो।
संयुक्त राष्ट्र संघलेले हरेक वर्ष शान्ति मिसनमा प्राण आहुति दिने सैनिकहरूको सम्झनामा यो पदक प्रदान गर्दै आएको छ।




