फाइल तस्बिर- हिमाल प्रेस
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफू अभिमन्यु नभएको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत आफ्नो मौनता लामो समयका लागि नभएको बताएका हुन्।
उनले भनेका छन्,‘ अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनीहाल्नुहोला, गरीहाल्नु होला, लेखिहाल्नु होला। मेरो मौनता आज सम्मका लागि मात्रै हो । म अभिमन्यु होइन।’
उनी गृहमन्त्री बन्न लविङमा छन्। तर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मानेका छैनन्।
प्रधानमन्त्रीलाई भेटेर गृह मन्त्रालय नपाए आफू सरकारबाट बाहिरिने बताएका थिए। तर निर्णय लिएका छैनन्। उनको यो अभिव्यक्तिसँगै सरकारबाट बाहिरिने संकेत गरेका छन्। स्वतन्त्र पार्टीको संसदीय दल र केन्द्रीय कार्यसमितिको संयुक्त बैठक पनि बस्दैछ।
प्रकाशित: १९ माघ २०७९ १३:४६
प्रतिक्रिया



