रविले बोलाएको बैठकमा ‌ओली-बादल अनुपस्थित, ऐन महर पुगे

हिमाल प्रेस २५ जेठ २०८३ १०:०७ | Monday, June 8, 2026
12
SHARES
रविले बोलाएको बैठकमा ‌ओली-बादल अनुपस्थित, ऐन महर पुगे

काठमाडौँ- सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज (सोमबार) सिंहदरबारमा आयोजित सर्वदलीय बैठकमा नेकपा एमालेका शीर्ष नेताहरू सहभागी नहुने भएका छन्। बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष तथा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल दुवै जना नजाने भएका हुन् ।

एमाले संसदीय दलकी उपप्रमुख सचेतक पद्मा अर्यालका अनुसार शीर्ष नेताहरू अनुपस्थित रहने भएपछि पार्टीका तर्फबाट प्रतिनिधित्व गर्न प्रमुख सचेतक ऐन महरलाई पठाइने निर्णय भएको छ ।

बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा नजाने भएका छन् । कांग्रेसबाट संसदीय दलका नेता भीष्मराज आङ्दम्बे र सांसद फिरदोश आलम मात्रै सहभागी हुने भएछन् ।

सिंहदरबारस्थित संसद् सचिवालयमा बस्ने उक्त सर्वदलीय बैठकका लागि रास्वपा सभापति रवि लामिछाने, महामन्त्री एवं संसदीय दलका प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटी र नेकपाका सहसंयोजक माधवकुमार नेपाल बैठकस्थल पुगिसकेका छन् । शीर्ष नेताहरूको अनुपस्थितिका बीच सुरु हुन लागेको यस बैठकलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।

सिंहदरबारस्थित संघीय संसद सचिवालयको सार्वजनिक लेखा समितिको हलमा बस्ने सो बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूलाई आमन्त्रण गरिएको छ। बैठकमा सहभागी हुन प्रत्येक दलबाट पार्टी अध्यक्ष वा सभापतिसहित दुई जना प्रतिनिधि पठाउन आग्रह गरिएको छ।

प्रकाशित: २५ जेठ २०८३ १०:०७ | Monday, June 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast