रविले बोलाएको बैठकमा गएनन् गगन-विश्व, गए भीष्म र शाहजान

हिमाल प्रेस २५ जेठ २०८३ १०:०१ | Monday, June 8, 2026
26
SHARES
रविले बोलाएको बैठकमा गएनन् गगन-विश्व, गए भीष्म र शाहजान फाइल तस्बिर

काठमाडौँ- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट दुई जना सहभागी छन्।

संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र डा. शाहजान खातुन बैठकमा सहभागी भएका छन्।

प्रतिनिधिसभामा पछिल्लो समय देखिएको गतिरोध अन्त्यका लागि सभापति लामिछानेले सिंहदरबारस्थित संघीय सचिवालयमा रहेको सार्वजनिक लेखा समितिको सभाहलमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक बोलाएका हुन्। बैठक केहीबेर अघिबाट सुरु भएको छ।

प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले प्रतिनिधि सभा बैठकमा नेपालले भारतको भूमि मिचेको बताएपछि सदनमा गतिरोध सृजना भइरहेको छ।

 

प्रकाशित: २५ जेठ २०८३ १०:०१ | Monday, June 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast