काठमाडौँ- विभिन्न आठ विश्वविद्यालयका उपकुलपतिका लागि ‘सर्ट लिस्ट’ भएका उम्मेदवारहरूको सूची सार्वजनिक भएको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयले ‘सर्ट लिस्ट’ भएका उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको हो।
‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ कार्यविधिबमोजिम उपकुलपति पदका लागि दरखास्त स्वीकृत उम्मेदवारहरुमध्ये सिफारिस समितिको शुक्रबारको निर्णयअनुसार अल्पसूचीमा समावेश उम्मेदवारको नामावली वर्णानुक्रमअनुसार सार्वजनिक गरिएको हो।
देशका ८ विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि २१८ जनाले निवेदन दिएका थिए।
यी हुन् सर्ट लिस्टमा परेका उम्मेदवारहरू :
प्रकाशित: २२ जेठ २०८३ २१:३७ | Friday, June 5, 2026
प्रतिक्रिया




