ट्रेड युनियन अधिकारका लागि जेटीयूसीसीको टोली जेनेभा जाँदै

हिमाल प्रेस २२ जेठ २०८३ १७:१४ | Friday, June 5, 2026
12
SHARES
ट्रेड युनियन अधिकारका लागि जेटीयूसीसीको टोली जेनेभा जाँदै

काठमाडौँ- संंयुक्त ट्रेड यूनियन समन्वय केन्द्र (जेटीयूसीसी) ट्रेड युनियन अधिकारको विषयमा आवाज उठाउन स्वीट्जरल्याण्डको जेनेभा जाने भएको छ।

जेटीयूसीसीले शुक्रबार काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष विनोद श्रेष्ठले लोकतन्त्र र ट्रेड युनियन अधिकारमाथि सरकारले गरेको हस्तक्षेपको जेनेभामा जोडदार कुरा उठाउने जानकारी दिए।

श्रेष्ठले २९ गतेसम्म हुने ‘अन्तर्राष्ट्रिय श्रमिक सम्मेलनको ११४ औँ सत्र’ मा जेटीयूसीसीसी अध्यक्ष, महासचिव तथा आबद्ध महासंघका अध्यक्षहरुको टोली शनिबार जेठ २३ गते जेनेभा प्रस्थान गर्ने जानकारी दिए।

श्रेष्ठले नेपाली श्रम बजारको अवस्था, श्रमिकको लोकतान्त्रिक अधिकार र ट्रेड युनियनमाथिको सरकारी हस्तक्षेपका विषयमा अन्तर्राष्ट्रिय माञ्चमा जोडदार आवाज उठाउने बताए।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनलाई लत्याउँदै ट्रेड युनियनमाथि हस्तक्षेपलगायतका विषयमा अन्तर्राष्ट्रिय जगतलाई ध्यानाकर्षण गराउने उनको भनाइ छ।

पत्रकार सम्मेलनमा एनटीयूसीसीका अध्यक्ष योगेन्द्रकुमार कुँवरले नेपालको सार्वभौमसत्ता, राष्ट्रिय स्वाधिनता र भौगोलिक अखण्डता जस्तो संवेदनशील विषयमा प्रधानमन्त्री वालेन्द्र शाहले दिएको अभिव्यक्तिमाथि आपत्ति जनाए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast