रसुवा- हिमाली जिल्ला रसुवाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका मोहन आचार्य निर्वाचित भएका छन्। आचार्यले नेकपा एमालेका छोवाङ तेन्जिङ तामाङलाई ९ हजार ६ सय २१ मतले पराजित गरेका हुन्। आचार्यले १८ हजार २ सय ३५ मत ल्याउँदा एमालेका तामाङले ८ हजार ६ सय १४ मत ल्याएका छन्। मंगोल नेशनल अर्गनाइजेसनका विकाश घलानले २ सय १०, राष्ट्रिय स्वतन्त्र पार्टीका मिननाथ देवकोटाले १ सय ६५ र राष्ट्रिय प्रजातन्त्र पार्टीका टिकाप्रसाद देवकोटाले ७५ मत पाएका छन्।
प्रकाशित: ६ मंसिर २०७९ २१:०३
प्रतिक्रिया