सांसदलाई संसदीय अभ्यास सिकाइँदै [तस्बिरहरू]

दिपेश श्रेष्ठ १९ माघ २०७९ १२:२५
6
SHARES
सांसदलाई संसदीय अभ्यास सिकाइँदै [तस्बिरहरू]

काठमाडौँ- प्रतिनिधिसभा सदस्यहरूका लागि दुईदिने अभिमुखीकरण कार्यक्रम सुरू भएको छ। नवनिर्वाचित सांसदहरूलाई संसदीय प्रक्रिया र अभ्यासबारे जानकारी दिन अभिमुखीकरण कार्यक्रम सुरू गरिएको हो।

अभिमुखीकरण नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा भइरहेको छ। सभामुख देवराज घिमिरेले पहिलो निर्णयबाटै सांसदलाई प्रशिक्षण गराउने बताएका थिए।

डा. युवराज खतिवडाले बजेट निर्माण, योजना र त्यसमा सांसदहरुको भूमिकाबारे प्रशिक्षण दिनेछन्। नीति प्रतिष्ठाका अध्यक्ष डाक्टर विष्णुराज उप्रेतीले सार्वजनिक नीतिबारे सांसदहरूलाई अभिमुखीकरण गराउनेछन्।

यस्तै खिमलाल देवकोटाले समितिमा सांसदको भूमिका, कानुन आयोगका पूर्व अध्यक्ष माधव पौडेलले कानुन निर्माणबारे, पूर्वउपसभामुख पुष्पा भुसालले शून्य समयबारे र संविधानसभा अध्यक्ष सुवास नेम्बाङले प्रभावकारी संसद् अभ्यासबारे सांसदहरूलाई अवगत गराउनेछन्।

प्रकाशित: १९ माघ २०७९ १२:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =