एकै दिनमा ट्राफिक प्रहारीद्वारा २ हजार ४४५ सवारी चालक कारबाहीमा

हिमाल प्रेस २१ जेठ २०८३ ९:१६ | Thursday, June 4, 2026
12
SHARES
एकै दिनमा ट्राफिक प्रहारीद्वारा २ हजार ४४५ सवारी चालक कारबाहीमा

काठमाडौँ- काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले एकै दिन दुई हजार ४४५ सवारीचालकलाई सवारी नियम उल्लङ्घनमा कारबाही गरेको छ । कारबाहीबाट राज्यकोषमा २२ लाख ७६ हजार ५१७ राजस्व दाखिला भएको छ ।

प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १२८, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६०, सङ्केत बत्ती उल्लङ्घनकर्ता १४१ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १८३ जनालाई कारबाही गरिएको हो ।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ४३, निषेधित क्षेत्रमा हर्न बजाउने १२३, सडक पेटीमा सवारीसाधन ‘पार्किङ’ गर्ने १४, एकतर्फी सडकमा सवारी चलाउने १६६ र अन्य सवारी नियम पालना नगरेका एक हजार ४८७ जनालाई कारबाही गरिएको हो ।

 

प्रकाशित: २१ जेठ २०८३ ९:१६ | Thursday, June 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast