एसियन गेम्स पुरुष क्रिकेट : मलेसियाविरुद्ध मैदानमा उत्रदै नेपाल

हिमाल प्रेस २१ जेठ २०८३ ७:३९ | Thursday, June 4, 2026
8
SHARES
एसियन गेम्स पुरुष क्रिकेट : मलेसियाविरुद्ध मैदानमा उत्रदै नेपाल

काठमाडौँ- एसियन गेम्स पुरुष क्रिकेट अन्तर्गत आज नेपाल र मलेसियाबीच खेल हुँदैछ।

नेपाल र मलेसियाबीचको खेल सिंगापुरको सिंगा ओभलमा नेपाली समय अनुसार मध्यान्ह १२ः१५ मा हुँदैछ। पहिलो खेलमा दुवै देशले चीनलाई पराजित गरेका थिए।

चीन प्रतियोगिताबाट बाहिरिए पछि शीर्ष २ मा रहेका नेपाल र मलेसियाले एसियन गेम्समा स्थान बनाएका हुन्। २ समूहमा विभाजन गरिएको प्रतियोगिताको शीर्ष २ मा रहने देशले एसियन गेम्समा स्थान बनाउँने नियम रहेको थियो।

अर्को समूहको शीर्ष २ मा रहेका हङकङ र ओमानले पनि सेप्टेम्बरमा आयोजना हुने एसियन गेम्समा स्थान पक्का गरिसकेका छन् । नेपाल र मलेसियाबीचको यसै खेलबाट सेमिफाइनलमा पुग्ने समूहको विजेता र उपविजेताको टुंगो लाग्नेछ।

प्रकाशित: २१ जेठ २०८३ ७:३९ | Thursday, June 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast