एसियन गेम्स पुरुष क्रिकेट छनोट : उपाधि चुम्न हङकङसँग भिड्दै नेपाली टोली

हिमाल प्रेस २५ जेठ २०८३ ६:४७ | Monday, June 8, 2026
4
SHARES
एसियन गेम्स पुरुष क्रिकेट छनोट : उपाधि चुम्न हङकङसँग भिड्दै नेपाली टोली

काठमाडौँ- सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा नेपालले सोमबार हङकङसँग प्रतिस्पर्धा गर्दै छ। आइतबार भएको पहिलो सेमिफाइनल खेलमा नेपालले ओमानलाई ८ विकेटले हराउँदै फाइनल यात्रा तय गरेको थियो।

आइतबारै भएको दोस्रो सेमिफाइनलमा मलेसियालाई ६ विकेटले हराउँदै हङकङ फाइनलमा पुगेको हो।

नेपालले समूह चरणको पहिलो खेलमा चीनलाई २२१ रन र दोस्रो खेलमा मलेसियालाई १६७ रनको विशाल अन्तरले पराजित गरेको थियो। नेपाल र हङकङको भिडन्त मध्याह्न १२: १५ बजे सुरु हुने छ। जारी प्रतियोगितामा नेपाल र हङकङ दुवै टोली अपराजित छन्। त्यसैले दुवै टोली फाइनल जित्दै अपराजित च्याम्पियन बन्ने योजनामा छन्।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी२० अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेलमा नेपाल र हङकङबीच १४ पटक प्रतिस्पर्धा भएको छ। नेपालले ७ खेलमा जित हात पारेको छ भने हङकङले ५ खेल जितेको छ। यी दुई टोलीबिचका दुई खेल भने वर्षाका कारण रद्द भएका थिए।

एसियन गेम्स छनोटको तेस्रो स्थानका लागि मलेसिया र ओमानबीच आजै प्रतिस्पर्धा हुँदैछ।

प्रकाशित: २५ जेठ २०८३ ६:४७ | Monday, June 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast