एसियन गेम्स पुरुष क्रिकेट छनोट : उपाधि जित्न नेपालले १८९ रन बनाउनुपर्ने, शेरले लिए ४ विकेट

हिमाल प्रेस २५ जेठ २०८३ १३:५७ | Monday, June 8, 2026
14
SHARES
एसियन गेम्स पुरुष क्रिकेट छनोट : उपाधि जित्न नेपालले १८९ रन बनाउनुपर्ने, शेरले लिए ४ विकेट

काठमाडौँ-  एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा नेपाललाई हङकङले १८९ रनको लक्ष्य दिएको छ। टस हारेर ब्याटिङ रोजेको हङकङले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८८ रन बनायो।

नेपालका शेर मल्ल बाहेक अन्य बलर महँगा सावित भए। शेरले भने ४ ओभरमा ३२ रन खर्चिएर ४ विकेट लिए। करण केसीले २ विकेट लिँदा सन्दीप लामिछानेले सान्त्वना विकेट मात्र पाए। हङकङका अन्सुमाद नाथले ८० रनको पारी खेले। उनले ४५ बलमा छ छक्का र छ चौका हिर्काए।

विकेटकिपर ब्याटर साहिद वासिदले २८ बलमा ५५ रनको अर्धशतकीय पारी खेले। शिव मथुरले २१ रन बनाए। दुवै टोली आज जित निकालेर उपाधि जित्न चाहन्छन्। विजयी लक्ष्यसहित नेपाली टोली केहीबेरमा ब्याटिङमा आउने छ।

 

प्रकाशित: २५ जेठ २०८३ १३:५७ | Monday, June 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast