सीमासम्बन्धी अभिव्यक्तिमा प्रधानमन्त्रीले नै जवाफ दिनुहुन्छ : रास्वपा महामन्त्री बुर्लाकोटी

हिमाल प्रेस १९ जेठ २०८३ १६:३८ | Tuesday, June 2, 2026
4
SHARES
सीमासम्बन्धी अभिव्यक्तिमा प्रधानमन्त्रीले नै जवाफ दिनुहुन्छ : रास्वपा महामन्त्री बुर्लाकोटी

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीले सीमासम्बन्धी विषयमा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री बालेन्द्र शाहले उपयुक्त समयमा दिने बताएका छन्।

संसद् भवन सिंहदरबारमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री बुर्लाकोटीले विपक्षी दलहरूले उठाएका विषयबारे प्रधानमन्त्री स्वयंले स्पष्ट धारणा राख्ने बताए।

विपक्षी दलहरूसँग भएको छलफलमा पनि यसबारे जानकारी गराइएको तर सदनको अवरोध हटाउन विपक्षीहरू तयार नभएपछि प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित गरिएको उनको भनाइ थियो।

उनले आगामी दिनमा राजनीतिक संवाद र छलफललाई निरन्तरता दिइने उल्लेख गर्दै जेठ २५ गते बस्ने प्रतिनिधिसभा बैठकसम्ममा अवरोध हट्ने विश्वास व्यक्त गरे।

सीमासम्बन्धी विषयमा रास्वपाको धारणा स्पष्ट रहेको उल्लेख गर्दै बुर्लाकोटीले दसगजा क्षेत्रमा दुवै देशका नागरिकबाट भूउपयोग भइरहेको देखिएकाले सीमा विवादलाई कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने बताए।

साथै भारतद्वारा अतिक्रमित नेपाली भूमि फिर्ता हुनुपर्छ भन्ने पार्टीको अडान यथावत रहेको उनको भनाइ छ।

महामन्त्री बुर्लाकोटीले आगामी प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफललाई प्राथमिकता दिइने र निर्धारित समयमै बजेट पारित गर्ने गरी विपक्षी दलहरूसँग समझदारी बनेको जानकारी पनि दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast