सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदका लागि २८ जनाले दिए दरखास्त

हिमाल प्रेस १९ जेठ २०८३ ८:३२ | Tuesday, June 2, 2026
सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदका लागि २८ जनाले दिए दरखास्त

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदका लागि दरखास्त दिएका २८ जना उम्मेदवारहरूको दरखास्त स्वीकृत गरेको छ। मन्त्रालयले एक सूचना जारी गर्दै स्वीकृत नामावली सार्वजनिक गरेको हो।

सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस सम्बन्धी कार्यविधि, २०८३ को दफा ४९१ को खण्ड (ख) बमोजिम रितपूर्वक दरखास्त दिने उम्मेदवारहरूको सूची मन्त्रालयले प्रकाशित गरेको हो। यसअघि मन्त्रालयले २०८३–०२–०९ मा यस पदका लागि विज्ञापन आह्वान गरेको थियो।

स्वीकृत उम्मेदवारहरूमा को(को छन् ?
मन्त्रालयद्वारा प्रकाशित सूची अनुसार अमरध्वज लामा (काभ्रे), अच्युतम कुमार पोखरेल (सिराहा), पुनम पौडेल (ललितपुर), केदारनाथ कोइराला (भक्तपुर), डा. मधुसुधन न्यौपाने (काठमाडौँ), आलोक कुमार तिवारी (कपिलवस्तु), लक्ष्मण हुमागाई (काभ्रे), पुष्करराज गौतम (काठमाडौँ), भुवन प्रसाद आचार्य (पर्वत), उत्तर सिंह विष्ट (कैलाली) लगायतका २८ जना रहेका छन्।

मनोहरि थापा (उदयपुर), सुरेश शर्मा (काठमाडौँ), चिन्तामणि बराल (गुल्मी), बुद्धि बहादुर केसी (काठमाडौँ), नवराज सापकोटा (काठमाडौँ), रुद्र बहादुर खड्का (रुकुम पश्चिम), तिलक जंग बुढाथोकी (धनकुटा), हिक्मत बहादुर रावल (कैलाली), विश्वराज खनाल (तनहुँ), र शरदचन्द्र अधिकारी (संखुवासभा) को नाम पनि सूचीमा समावेश छ।

सुभाष कुमार साह वियोगी (धनुषा), प्रद्युम्न पौडेल (काठमाडौँ), भेषराज पाण्डे (कपिलवस्तु), कुमारी निमा काफ्ले (कञ्चनपुर), शिशिर पौडेल (रुपन्देही), गोविन्द भण्डारी (भक्तपुर), विवेक रेग्मी (गोरखा) र धन बहादुर मिजार (नुवाकोट) को दरखास्त स्वीकृत भएको छ।

प्रकाशित: १९ जेठ २०८३ ८:३२ | Tuesday, June 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast