शंकास्पद गतिविधिमा संलग्न १५ बंगलादेशी पक्राउ

हिमाल प्रेस १८ जेठ २०८३ २१:२१ | Monday, June 1, 2026
18
SHARES
शंकास्पद गतिविधिमा संलग्न १५ बंगलादेशी पक्राउ

काठमाडौँ- प्रहरीले काठमाडौँबाट १५ जना बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ।

शंकास्पद गतिविधिमा संलग्न उनीहरूलाई प्रहरीले काठमाडौँ–१३ पकनाजोलस्थित होटल एसबाट पक्राउ गरेको हो।

ठमेल क्षेत्रमा बंगलादेशीलगायतका विदेशी नागरिकहरू भिजिट भिसामा नेपाल आई भिसाको उद्देश्यविपरित शंकास्पद रुपमा बसेको सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

होटलको कोठाहरू भाडा लिई अवैध रुपमा विदेशी मोडल तथा युवतीहरूको फेक फेसबुक एकाउन्ट बनाइ बंगलादेशी र भारतीय नागरिकलाई साथी बनाइ कुराकानी गर्ने, ब्ल्याकमेल गरी पैसा माग्ने जस्ता गतिविधिमा संलग्न रहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका उनीहरूलाई आवश्यक कारबाहीका लागि अध्यागमन विभाग पठाइएको छ।

प्रकाशित: १८ जेठ २०८३ २१:२१ | Monday, June 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast