राष्ट्रियसभाबाट यी दुई विधेयक पारित

हिमाल प्रेस १७ जेठ २०८३ १७:३२ | Sunday, May 31, 2026
32
SHARES
राष्ट्रियसभाबाट यी दुई विधेयक पारित

काठमाडौँ- राष्ट्रियसभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित भएका छन्।

सभाको आइतबारको बैठकबाट प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरिएको हो।

यसअघि बैठकमा प्रधानमन्त्री एवं गृहमन्त्री वालेन्द्र शाहकातर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ती विधेयक पारित गरियोस् भन्ने बेग्लाबेग्लै प्रस्ताव पेस राखेकी थिइन्।

राष्ट्रियसभाको अर्को बैठक सोमबार दिउँसो १:१५ बजे बस्नेछ।

प्रकाशित: १७ जेठ २०८३ १७:३२ | Sunday, May 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast