काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिरामी भएपछि पार्टीको कोशी प्रदेश कमिटीको बैठक स्थगित भएको छ।
आगामी जेठ २२ गतेका दिन नेकपा प्रदेश समितिको बैठक तथा शपथ ग्रहण कार्यक्रम तय भएको थियो। नेकपा कोशीका संयोजक हर्क बहादुर नेम्बाङ (मिक्सो) का अनुसार बैठकमा प्रचण्ड नै सहभागी हुने थिए। तर प्रचण्ड बिरामी परेका कारण बैठक रोकिएको हो। चार दिनदेखि अस्वस्थ रहँदै आएका प्रचण्डलाई शनिबार बिहान ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना भएका छन्।
रुघा र ज्वरोका साथै हल्का निमोनियाका कारण चिकित्सकहरूको सल्लाहमा उनलाई अस्पताल भर्ना गरिएको हो। उनको अवस्था सुधारोन्मुख रहेको सचिवालयले जनाएको छ।

प्रकाशित: १७ जेठ २०८३ १२:२१ | Sunday, May 31, 2026
प्रतिक्रिया




