सभामुख डोलप्रसाद अर्याल
काठमाडौँ- सभामुख डोलप्रसाद अर्यालले जनतालाई खुसी र देशलाई समृद्ध बनाउने गरी कानुन निर्माण गर्नुपर्ने बताएका छन्।
शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा सभामुख अर्यालले संविधान संशोधनका लागि छलफल सुरु भइसकेको अवस्थामा जनतालाई खुसी र देशलाई समृद्ध बनाउने गरी कानुन निर्माण गनुपर्ने बताएका हुन्।
उनले कार्यपालिकामा प्रधानमन्त्री वालेन्द्र शाहले नेतृत्व गरेको सरकारलाई सघाउँदै कानुन निर्माणका लागि व्यवस्थापिकालाई समेत आवश्यक सुझाव दिनुपर्नेमा जोड दिए।
अब मुलुकमा भ्रष्टाचारको अन्त्य गर्दै सुशासन कायम गर्नुपर्ने उनले बताए। उनले देशमा राजनीति गरेर नेतृत्वमा पुगेकाहरुले देशलाई राम्रो बनाएर भावी सन्ततिलाई सुम्पिनुपर्ने धारणा राखे।
सभामुख अर्यालले निजी क्षेत्रलाई प्रोत्साहन गर्दै देशमा नै रोजगारको वातावरण बनाएर बाहिरएका नेपाली नागरिकहरुलाई देशमा नै फर्काउनुपर्ने समेत बताए।




