हेर्नुस् आजको राशिफल

हिमाल प्रेस १६ जेठ २०८३ ६:२१ | Saturday, May 30, 2026
20
SHARES
हेर्नुस् आजको राशिफल

मेष: लामो समयदेखि रोकिएका काम सम्पन्न हुने सम्भावना छ। मनमा हर्ष, उत्साह र सकारात्मक ऊर्जा बढ्नेछ। आकर्षक पहिरन तथा व्यक्तित्वले आत्मविश्वास थप्नेछ। सापटी दिएको रकम फिर्ता प्राप्त हुने संकेत छ।

भाग्यशाली रङ पहेँलो र अंक ३ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६४, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ८१ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।

वृष: धार्मिक गतिविधिप्रति आकर्षण बढ्नेछ। बुद्धि र विवेकको प्रयोगले कठिन देखिएका काम गर्न सकिनेछ। साँझतिर भने झन्झटिला काममा समय खर्च हुन सक्ने भएकाले धैर्य आवश्यक हुनेछ। भिन्नता नै वास्तविक पहिचान हो भन्ने मन्त्र ख्याल गर्नु होला।

भाग्यशाली रङ हरियो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६९, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले अग्रज व्यक्तिसँग सुझाव लिने। दक्षिण दिशाको यात्रा नगर्ने।

मिथुन: स्वादिष्ट भोजन मिल्नेछ तर स्वास्थ्यको भने ख्याल गर्नु पर्नेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। कहीँकतैबाट कुनै उपहार प्राप्त होला। वाहन वा भूमिबाट लाभ रहला।

भाग्यशाली रङ पहेँलो र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, वैदेशिक कार्यमा ५० र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

कर्कट: विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनु राम्रो हुनेछ। बोलेका कुरा फरक अर्थमा बुझिन सक्ने भएकाले संवादमा संयमता आवश्यक छ। धैर्य र लगनशीलताले नयाँ अवसर दिलाउनेछ। प्रेम सम्बन्ध सामान्य रहनेछ।

भाग्यशाली रङ घ्यू रङ र अंक ६ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ४१, वैदेशिक कार्यमा ७९ र शिक्षामा ३१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।

सिंह: सही समयमा सही निर्णय लिन सकिनेछ। प्राविधिक तथा सिपमूलक कार्यमा सफलता मिल्नेछ। नयाँ वस्त्र, उपहार वा खुसीको समाचार प्राप्त हुन सक्छ। रमाइलो यात्राको योग देखिए पनि निर्णय क्षमतामा केही अस्थिरता आउन सक्छ।

भाग्यशाली रङ आकासे र अंक ३ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६९, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

कन्या: महत्त्वपूर्ण कामको सुरुआत हुनेछ। शुभ समाचार र सकारात्मक वातावरणले मनमा शान्ति र उत्साह ल्याउनेछ। अतिथिका रूपमा सम्मान तथा सत्कार प्राप्त हुने सम्भावना छ। विचार थुपार्ने होइन, बाँड्ने समय हो भन्ने मन्त्र ख्याल गर्नु होला।

भाग्यशाली रङ खैरो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६५, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

तुला: आफ्नो क्षेत्रमा नयाँ योजना तथा लक्ष्य तय गर्न सकिनेछ। धैर्य र मेहनतले कार्यसिद्धि सम्भव हुनेछ। दिनको मध्यभागतिर शैक्षिक क्षेत्रमा प्रगति हुनेछ। जिद्दी स्वभावले भने काम बिग्रन सक्ने भएकाले संयम आवश्यक छ।

भाग्यशाली रङ घ्यू रङ र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६१, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

वृश्चिक: सहकर्मी वा वरिपरिको व्यक्तिबाट विरोध आउन सक्छ। हतारमा गलत निर्णय हुन सक्ने भएकाले सजग रहनु आवश्यक छ। विपक्षीको जालझेलबाट सावधान रहनु राम्रो हुनेछ। स्वास्थ्यमा कमजोरी, थकान तथा उत्साहको कमी महसुस हुन सक्छ।

भाग्यशाली रङ हरियो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ३५, वैदेशिक कार्यमा ६८ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।

धनु: मनोरञ्जनपूर्वक दिन बित्नेछ। सांस्कृतिक क्षेत्रमा रुचि बढ्ने र धार्मिक कार्यमा सहभागी भइनेछ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ, तर साँझमा झन्झटिलो कार्यमा समय खेर जान सक्छ।

भाग्यशाली रङ पर्पल र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६७, वैदेशिक कार्यमा ८० र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने।

मकर: रोकिएको काम दोहोर्‍याएर प्रयत्न गर्दा फाइदा हुनेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। घरमा अतिथिको आगमन हुनेछ। माया प्रेममा आत्मीयताको बढोत्तरी हुनेछ।

भाग्यशाली रङ निलो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६६, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।

कुम्भ: शुभकार्य तथा नयाँ योजनाको चर्चा चल्नेछ। सामाजिक प्रतिष्ठा तथा सम्मान कायम राख्न लगानी गर्ने समय आएको छ। प्रेम सम्बन्ध अझ आत्मीय र मजबुत बन्ने संकेत छ। सुनाइमा पनि समाधान लुकेको हुन्छ भन्ने मन्त्र ख्याल गर्नु होला।

भाग्यशाली रङ रातो र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६६, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।

मीन: आफ्ना विचारविपरीत निर्णय हुन सक्ने भएकाले धैर्य आवश्यक हुनेछ। काममा ढिलासुस्ती हुन सक्छ। लगनशीलताको कमीले ठूलो उपलब्धि हात पार्न कठिन हुन सक्छ। परिवारभित्र मनमुटाव बढ्ने सम्भावना छ।

भाग्यशाली रङ सेतो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ४०, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ३९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।

प्रकाशित: १६ जेठ २०८३ ६:२१ | Saturday, May 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast