खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड रुपैयाँ विनियोजन

हिमाल प्रेस १५ जेठ २०८३ १७:२८ | Friday, May 29, 2026
16
SHARES
खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड रुपैयाँ विनियोजन

काठमाडौँ- सरकारले खेलकुद क्षेत्रका लागि चार अर्ब तीन करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

शुक्रबार संघीय संसदमा आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले खेल पूर्वाधारलाई प्राथमिकतामा राख्दै चार अर्बबढिको बजेट बिनियोजन गरेको जानकारी दिए।

खेल पूर्वाधारलाई युवा विकास र स्थानीय अर्थतन्त्रसँग जोड्दै आगामी तीन वर्षभित्र कम्तीमा आठ हजार दर्शक क्षमताका दशवटा फुटबल रंगशालालाई फ्लड लाइटसहितको स्तरोन्नति गर्ने मन्त्री वाग्लेले घोषणा गरे।

त्यस्तै उनले प्रमुख आठ सहरमा पाँच वर्षभित्र आधुनिक क्रिकेट रंगशाला निर्माण गर्ने र विराटनगर, लहान, काठमाडौँ, पोखरा, बुटवल, सुर्खेत र धनगढीको फापलामा कम्तीमा दुई हजार क्षमताका मल्टिप्रपोज रंगशाला आगामी तीन वर्षभित्र निर्माण गर्ने जानकारी दिए।

मूलपानी क्रिकेट रंगशाला तथा एकडेमी, गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला र कैलालीको फापला क्रिकेट रंगशाला निर्माणका लागि डिजाइन पुनरावलोकन गरी लगानी मोडालिटी तयार गर्ने उनले बताए।

त्यस्तै सरकारले अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडीलाई अवकाशपछि सम्मानजनक जीवन जिउन सक्नेगरी आजीवन निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने घोषणा गरेको छ भने सुर्खेतमा दसौँ राष्ट्रिय खेलकुद सम्पन्न गर्न र मधेश प्रदेशमा प्रस्तावित एघारौँ राष्ट्रिय खेलकुदको लागि आवश्यक पूर्वाधार निर्माण गर्न रकम छुट्याएको अर्थमन्त्री वाग्लेले जानकारी दिए।

प्रकाशित: १५ जेठ २०८३ १७:२८ | Friday, May 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast