इन्डोनेसियाले दियो नेपाललाई ११४ रनको लक्ष्य

हिमाल प्रेस १४ जेठ २०८३ १३:३८ | Thursday, May 28, 2026
2
SHARE
इन्डोनेसियाले दियो नेपाललाई ११४ रनको लक्ष्य

काठमाडौँ- मलेसियामा जारी एसियन गेम्स छनोटअन्तर्गत महिला क्रिकेटको दोस्रो खेलमा जितका लागि इन्डोनेसियाले नेपाललाई ११४ रनको लक्ष्य दिएको छ। मलेसियाको वायुमास ओभल मैदानमा बिहीबार टस जितेर पहिले ब्याटिङ गरेको इन्डोनेसियाले निर्धारित २० ओभरमा भार विकेटको क्षतिमा एक सय १३ रन बनायो।

इन्डोनेसियाका लागि कप्तान नि पुतु आयु नन्दा सकारिनीले अविजित ५२ रन बनाइन्। यस्तै निलु केतुत वेसिका रतना देवीले २३ र नि मादे पुत्री सुवानदेवीले १३ रन बनाइन्। नेपालका लागि मनिषा उपाध्यायले दुई तथा रिया शर्माले एक विकेट लिइन्।

यसअघि नेपालले आफ्नो पहिलो खेलमा चीनलाई १९ रनले हराएको थियो । आजको खेल जितेमा नेपाल सेमिफाइनलमा प्रवेश गर्नेछ। एसिया छनोटमा नेपाल रहेको समूह ‘बी’ मा चीन र इन्डोनेसिया छन् । समूह ‘ए’ मा हङकङ, मलेसिया र थाइल्यान्ड छन् । समूहका शीर्ष दुई टोली छनोटको सेमिफाइनल पुग्ने छन् ।

प्रकाशित: १४ जेठ २०८३ १३:३८ | Thursday, May 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast