आज पनि विभेदको दुष्चक्र छ : प्रकाशचन्द्र परियार

हिमाल प्रेस १३ जेठ २०८३ १२:५१ | Wednesday, May 27, 2026
6
SHARES
आज पनि विभेदको दुष्चक्र छ : प्रकाशचन्द्र परियार

काठमाडौँ- सत्तारुढ रास्वपाका सचेतक प्रकाशचन्द्र परियारले जनक्रान्तिको जगमा आएको गणतन्त्रमा जनताले आज पनि विभेदको दुष्चक्र भोग्नुपरेको बताएका छन्। बुधबारको प्रतिनिधिसभा बैठकमा उनले गणतन्त्र दिवसको शुभकामना दिँदै मधेसका एक लाख मुसहरले नागरिकता पाउन नसकेको बताए । ‘बिडम्बना जनक्रान्तिको जगमा आएको गणतन्त्रमा आज पनि मधेसका करिब एक लाख मुसहरले नागरिकता पाएका छैनन्,’ उनले भने, ‘डोम, चमार, खत्वे, मुसहरलगायत सीमान्तकृत ६६ लाख नेपाली अहिले पनि गरिबी र विभेदको दुष्चक्रमा छन् ।’

उनले गएको फागुनको चुनावले व्यवस्था होइन अवस्था बदल्न मत दिएको स्मरण गराए । पहिले निमुखा जनताको अवस्था बदल्न सरकारसँग आग्रह गरे । ‘पहिले निमुखा, गरिब, पहुँचबिहीन, भूमिहीन, अपांगता भएका महिला, किसान, मजदुरको अवस्था बदल्न सरकारको ध्यानकर्षण गराउँछु,’ उनले भने ।

प्रकाशित: १३ जेठ २०८३ १२:५१ | Wednesday, May 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast