विदेशमा रहेका नेपालीको समस्या समाधानका लागि ‘परराष्ट्र मित्र एप’ सुरु

हिमाल प्रेस १२ जेठ २०८३ १८:३२ | Tuesday, May 26, 2026
8
SHARES
विदेशमा रहेका नेपालीको समस्या समाधानका लागि ‘परराष्ट्र मित्र एप’ सुरु

काठमाडौँ– परराष्ट्र मन्त्रालयले सहज रुपमा कन्सुलर सेवा प्रदान गर्न ‘परराष्ट्र मित्र’ मोबाइल एप्लिकेसन सार्वजनिक गरेको छ।

मंगलबार त्रिपुरेश्वरस्थित कन्सुलर विभागमा आयोजित एक कार्यक्रमकाबीच परराष्ट्रमन्त्री शिशिर खनालले ‘परराष्ट्र मित्र’ मोबाइल एप्लिकेसनको औपचारिक रूपमा शुभारम्भ गरेका हुन्।

कार्यक्रममा मन्त्री खनालले लाखौँ नेपालीहरू देशबाहिर बसोबास गरिरहेको र विदेश जानेको संख्या पनि बढ्दै गएकाले कन्सुलर सहायता पहिलेभन्दा बढी महत्वपूर्ण भएको बताए। उनले कन्सुलर सेवाहरूलाई अझ पहुँचयोग्य र प्रभावकारी बनाउन डिजिटल प्रविधिको प्रयोगलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिए।

आपतकालिन अवस्थामा रहेका नेपालीको उद्धार र त्यसको जानकारी सम्बन्धीत व्यक्तिका परिवारलाई दिने, विदेशमा रहेका अन्य नेपाली नागरिकको समस्या पहिचान गरी समाधान गर्ने लगायतका काममा सहजता प्रदान गर्न मित्र मोबाइल एप्लिकेसन प्रभावकारी हुने उनले बताए।

मन्त्री खनालले विदेशमा रहेका नेपाली नागरिकका परिवारले एपमार्फत नै आफ्ना चिन्ता र गुनासोहरू अनलाइन दर्ता गर्न सक्ने व्यवस्था गरिएको जानकारी दिए। समस्यामा परेकाहरुको प्रभावकारी समाधानका लागि सम्बन्धित नेपाली नियोगहरूसँग प्रत्यक्ष सम्पर्क गराइने समेत उनले बताए।

प्रकाशित: १२ जेठ २०८३ १८:३२ | Tuesday, May 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast