जसपा नेपालको निष्कर्ष : चुनावको परिणाम अप्रत्यासित

हिमाल प्रेस १२ जेठ २०८३ १८:०० | Tuesday, May 26, 2026
8
SHARES
जसपा नेपालको निष्कर्ष : चुनावको परिणाम अप्रत्यासित

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालले गत फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम आफ्नो पार्टीका लागि अप्रत्यासित र अनेपक्षित रहेको निष्कर्ष निकालेको छ। काठमाडौँमा बसेको जसपा नेपालको केन्द्रीय समन्वय समितिको बैठकले यस्तो निकष्कर्ष निकालेको हो।

जसपा नेपालले बैठकपछि मंगलबार जारी गरेको विज्ञप्तिमा चुनावी प्रक्रियामा शक्ति केन्द्रहरूको भूमिका र परिणामबारे विभिन्न कोणबाट प्रश्न उठ्ने तथा शंका गर्ने ठाउँ रहेको उल्लेख गरेको छ। जसपा नेपालले नेपालमा भएका मधेश आन्दोलन, जनआन्दोलन र संघर्षबाट प्राप्त संघीयता, लोकतन्त्र, गणतन्त्र, मौलिक हक, नागरिक स्वतन्त्रता तथा समावेशीताजस्ता उपलब्धिको रक्षा गर्ने प्रतिबद्धता जनाएको छ।

समीक्षा बैठकको निर्णयहरू सार्वजनिक गर्न केन्द्रीय समन्वय समितिका सदस्य डा. सुरेन्द्र झाले जारी गरेको विज्ञप्तिमा निर्वाचन परिणामबारे कलान्तरमा थप स्पष्टता आउने उल्लेख छ।

निर्वाचनमा पार्टीले धक्का बेहोरे पनि विगतका मधेश आन्दोलन र संघर्षहरूबाट प्राप्त संघीयता, लोकतन्त्र, गणतन्त्र, मौलिक हक र समावेशीताजस्ता महत्त्वपूर्ण उपलब्धिहरूका रक्षाका लागि अविचलित रूपमा अगाडि बढ्ने जसपा नेपालले जनाएको छ।

बैठकले मानवअधिकार, लोकतान्त्रिक स्वतन्त्रता, भ्रष्टाचार नियन्त्रण, सुशासन र कानुनी सेवामा पहँच जस्ता मूलभूत मुद्दाहरूलाई आगामी दिनमा थप सशक्त रूपमा उठाउने नीति लिएको विज्ञप्तिमा जनाइएको छ। जसपा नेपालले निर्वाचन प्रणाली, निर्वाचन क्षेत्र निर्धारण, न्याय प्रणालीको पुनर्संरचना तथा संघीय व्यवस्थाको प्रभावकारी कार्यान्वयनका पक्षमा सशक्त रूपमा प्रस्तुत हुने निर्णय गरेको छ।

प्रकाशित: १२ जेठ २०८३ १८:०० | Tuesday, May 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast