महिला क्रिकेटरमध्ये ४ खेलाडी ‘ए’मा, कति पाउँछन् तलब?

हिमाल प्रेस १२ जेठ २०८३ ६:४६ | Tuesday, May 26, 2026
4
SHARES
महिला क्रिकेटरमध्ये ४ खेलाडी ‘ए’मा, कति पाउँछन् तलब?

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) ले महिला क्रिकेटको पनि वर्गीकरण गरेको छ। महिला खेलाडीहरूमा कप्तान इन्दू वर्मा, उपकप्तान पूजा महतो, रुविना क्षेत्री र सीता रानामगर समूह ‘ए’ मा परेका छन्।

समूह ‘बी’ मा कविता कुँवर, सम्झना खड्का र मनिषा उपाध्याय, ‘सी’ मा बिन्दु रावल, कविता जोशी, रुबी पोद्दार र रिया शर्मा रहेका छन्।

डी (डेभलप्मेन्ट) समूहमा रोमा थापा, सुमन विष्ट, इश्वरी विष्ट, सोनी पाख्रिन, साना प्रविण, सावित्री धामी, काजल श्रेष्ठ, सीमाना केसी, अनु कडायत, यशोदा विष्ट, लक्ष्मी साउद, ममता चौधरी, अस्मिना कर्माचार्य र रचना चौधरी रहेका छन्।

त्यस्तै महिलातर्फ ‘ए’ मा परेका खेलाडीहरूले प्रतिमहिना ५५ हजार, ‘बी’ का ले ४० हजार, ‘सी’ मा परेका खेलाडीले ३० हजार र डेभलप्मेन्टमा परेका खेलाडीहरूले प्रतिमहिना २५ हजार तलब रहने क्यानले जनाएको छ।

पुरुषरमहिला खेलाडीले म्याच फी बापत टी २० तर्फ प्रतिखेल १० हजार र ओडीआईतर्फ प्रति खेल १५ हजार पाउनेछन्।

प्रकाशित: १२ जेठ २०८३ ६:४६ | Tuesday, May 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast