आजको राशिफल

हिमाल प्रेस १२ जेठ २०८३ ६:२४ | Tuesday, May 26, 2026
2
SHARE
आजको राशिफल

 

  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) स्वास्थ्यमा समस्या देखिने हुनाले दौडधुपमा समय खर्च नगर्नु नै राम्रो रहेको छ । काममा ढिला सुस्ती हुनेछ । खुट्टा तान्ने तथा काममा विवाद सिर्जना गर्नेहरू सक्रिय रहनेछन् । तर पनि परिवार तथा आफन्तको साथ छोटो दुरीको रमाइलो यात्राको तय हुनेछ । शुभ तथा माङ्गलिक समारोहमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । कुटुम्ब तथा मावली पक्षको सहयोग पाइनेछ । व्यापार तथा शेयर बजारमा लगानी गरी आम्दानी बढाउन सकिनेछ ।
  • वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो नतिजा आउने हुनाले पढ्न लेख्न जोस जाँगर बढ्नेछ । विलासिताले खर्च बढाए पनि भौतिक सम्पत्ति तथा उपहार प्राप्तिको गतिलो योग रहेको छ । आर्थिक समस्या सुल्झाउँदै व्यापारमा लगानी बढाउन सकिनेछ  । वंश वृद्धिको गतिलो योग रहेको छ । बौद्धिकताले सम्मान दिलाउनेछ । मन परेको मानिससँग मन परेको ठाउँमा घुमघाम गर्न पाउँदा मन प्रसन्न हुनेछ ।
  • मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) काम बिग्रने हुँदा राजकीय सम्मान पाउने योग टरेर जाने तथा राजनीतिमा प्रतिस्पर्धीहरू हाबी हुनेछन् । छातीमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । घर परिवार तथा साथीहरूबाट टाढिएर परदेशको यात्रा गर्नुपर्दा असहज महसुस हुनेछ । कुनै काम सुरु गर्नुभन्दा पनि पुरानै कामहरूलाई निरन्तरता दिनुहोला । र, पनि सन्तान तथा आफन्तको साथ छोटो दुरीको यात्रा गरी मिष्ठान्न भोजन ग्रहण गर्न सकिनेछ ।
  • कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) गलत लेखाई अथवा गलत बुझाइले आफ्नो साख गिर्न सक्छ ध्यान दिनुहोला । छोटो तथा रमाइलो यात्राको तय गर्न सकिने भए पनि बढी नै उत्साहित हुन खोज्दा नराम्रो घट्न घट्न सक्छ ध्यान दिनुहोला । व्यापार व्यवसायमा लगानी गरे पनि नाफा कमाउन बढी नै समय खर्चनु पर्नेछ । माया प्रेममा मनमुटाब सिर्जना हुने भए पनि अन्ततः एक अर्कालाई विश्वास गर्दै अगाडी बढ्न सकिनेछ ।
  • सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आफन्त साथीभाइ तथा कुटुम्बबाट आउन सुखद समाचारले मन प्रसन्न हुनेछ । खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । व्यवसाय फस्टाएर जानेछ भने विशेष गरी होटल तथा रेष्टुरेन्टमा लगानी गर्नेहरूका लागी आजको दिन फलदायी रहनेछ । थोरै बोलेर मनग्गे आम्दानी गर्न सकिने समय रहेको छ । माया प्रेमको डोरो कसिलो हुनेछ भने पति पत्नी बिच एक अर्कालाई सहयोग गर्दै अगाडी बढ्न सकिनेछ । अध्ययनमा मन जाने हुनाले अरू भन्दा अग्र स्थानमा तपाईंको नाम आउनेछ ।
  • कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) सामाजिक काममा दिन बित्ने हुँदा मन प्रसन्न रहनेछ । व्यापार तथा शेयर बजारमा लगानी गरी मनग्गे धन सङ्ग्रह गर्न सकिनेछ । विद्यार्थीहरूले मेहनत गरी राम्रो नतिजा हात पार्न सक्नेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मीय मित्रमा साथ रमाइलो यात्रा हुनेछ । भौतिक सम्पत्ति तथा सवारी साधन प्राप्तिको योग रहेको छ । गीत सङ्गीतको क्षेत्रमा समय खर्च गर्दै हुनुहुन्छ भने यात्रा हुने योग रहेको छ ।
  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) काम गर्दा कानुनको पालना राम्रोसँग गर्नुहोला राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ । माया प्रेमको दुरी बढ्ने हुनाले मनमा नरमाइलो महसुस हुनेछ । यात्राको क्रममा रुपैयाँ पैसाको सही परिचालन गर्न नसक्दा खर्च बढ्नेछ । तर पनि वैदेशिक यात्राको तय हुनेछ भने विदेशी सामान तथा रुपैयाँ पैसा हातलागी हुने योग रहेको छ । विदेशमा बसेर अध्ययन तथा काम गर्नेहरूले आजको दिन आफ्नो कामदेखि सन्तुष्ट हुनेछन् ।
  • वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)  आफूले माया गर्ने मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न हुनेछ भने परिवारका आवश्यकताहरु पूरा गर्न सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ । साथी भाइसँग रमाइलो भेटघाट हुने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पैतृक सम्पत्तिको प्रयोग गरी आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । अध्ययन वा कामको सवालमा विदेश यात्राको योग रहेको छ । मनोरञ्जन तथा फिल्मी क्षेत्रमा समय खर्च गर्नेहरूका लागी समय उत्तम रहेको छ ।
  • धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) जानकारीको अभावले कामहरू बिग्रनेछ भने आलोचनाको सिकार होइनेछ । आर्थिक पक्ष कमजोर रहने तथा यही बेलामा व्यापार व्यवसायमा मन्दी आउनेछ । आम्दानी भन्दा खर्च अधिक हुने हुनाले रुपैयाँ पैसाको व्यवस्थापन गर्न गाह्रो पर्नेछ । पढ्ने लेख्ने काममा खासै मन नजाँदा अरूभन्दा पछि परिनेछ । माया प्रेममा अविश्वास बढ्ने योग रहेको छ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न नसक्दा मान सम्मान पाउने योग टरेर जानेछ ।
  • मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) साथीभाइ तथा आफन्तका साथ रमाइलो वातावरणमा दिन बित्नेछ । पढाइ लेखाइमा मन जाने हुनाले प्रतिस्पर्धीमा अरूभन्दा अग्र स्थानमा तपाईंको नाम आउनेछ । छोटो दुरीको धार्मिक यात्रा तथा लामा दुरीको शैक्षिक यात्राको योग रहेको छ । सन्तान तथा आफन्तसँगको रमाइलो यात्रामा मिष्ठान्न भोजन ग्रहण गर्न सकिनेछ । धार्मिक पुस्तक अध्ययन गरी ज्ञानलाई फराकिलो पार्न सकिनेछ ।
  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) स्वास्थ्यमा आउने समस्याका कारण दैनिक कामहरू प्रभावित हुनेछन् । चिन्ता तथा छपट्टिले ऊर्जा तथा आत्मविश्वासमा कमी ल्याउनेछ । नगर्नु पर्ने काममा हात हाल्दा व्यावसायिक रूपमा घाटा लाग्नेछ । धन सम्पत्ति तथा पैतृक धन हराउन तथा लुटिन सक्छ ध्यान दिनुहोला ।  भौतिक सम्पत्ति तथा खनिज पदार्थको प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घटना घट्न सक्छ । माया प्रेममा धोका हुनेछ ।
  • मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यवसाय फस्टाएर जानेछ भने व्यापारकै सिलसिलामा यात्रा हुनेछ । पर्यटन तथा यात्रासँग सम्बन्धित क्षेत्रमा लगानी गर्दा मनग्गे लाभ मिल्नेछ । भौतिक सम्पत्तिको भरपुर प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ भने अरूको मन आफूतिर आकर्षित गर्न सकिनेछ । साझेदारी व्यवसायबाट मनग्गे लाभ लिन सकिनेछ । प्रेममा रमाउन चाहने जोडीहरूका लागी समयले साथ दिनेछ । गीत सङ्गीत तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

प्रकाशित: १२ जेठ २०८३ ६:२४ | Tuesday, May 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast