सङ्खुवासभामा अत्यधिक रक्तस्राव भएकी सुत्केरीको हवाई उद्धार

हिमाल प्रेस ११ जेठ २०८३ १६:५३ | Monday, May 25, 2026
8
SHARES
सङ्खुवासभामा अत्यधिक रक्तस्राव भएकी सुत्केरीको हवाई उद्धार फाइल तस्बिर

सङ्खुवासभा- अत्यधिक रक्तस्राव भएकी एक सुत्केरीको हवाई उद्धार गरिएको छ।

प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले जिल्ला अस्पताल सङ्खुवासभामा उपचार सम्भव नभएपछि खाँदबारी नगरपालिका-७ की ३० वर्षीया सविता मगरको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको जानकारी दिइन्।

आइतबार सुत्केरी ब्यथाले च्यापेर जिल्ला अस्पताल भर्ना भएकी मगरको आज बिहान ८ बजे जिल्ला अस्पताल सङ्खुवासभामा शल्यक्रियामार्फत नवजात शिशु निकालिएको थियो। यसक्रममा उनको अत्यधिक रक्तश्राव भएपछि सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो।

जिल्ला अस्पतालका प्रमुख डा‍.सन्तोश देवले भने,‘मगरलाई अत्यधिक रक्तश्राव भएर स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि हेलिकप्टरमार्फत काठमाडौँ थापाथली स्थित प्रसूति गृहमा पठाइएको छ।’

सुत्केरी मगरलाई आज राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समन्वयमा उद्धार गरिएको हो।

प्रकाशित: ११ जेठ २०८३ १६:५३ | Monday, May 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast