मुगु र रुकुम पश्चिमका सुत्केरीको सेनाद्वारा हवाई उद्धार

हिमाल प्रेस ३ साउन २०८३ ११:२१ | Sunday, July 19, 2026
10
SHARES
मुगु र रुकुम पश्चिमका सुत्केरीको सेनाद्वारा हवाई उद्धार

काठमाडौँ- महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालय, राष्ट्रिय महिला सशक्तीकरण परियोजना अन्तर्गत सञ्चालन गरिरहेको गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार कार्यक्रममार्फत मुगु र रुकुम पश्चिमका दुई महिलाको उद्धार गरी थप उपचारका लागि सुर्खेत पठाएको छ।

नेपाली सेनाको सूचना तथा जनसम्पर्क निर्देशनालयका अनुसार साउन २ गते मुगु जिल्लाको खत्याड गाउँपालिका-११ निवासी एक महिलालाई जटिल प्रसूति समस्या देखिएपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी प्रदेश अस्पताल, सुर्खेत लगिएको हो।

यस्तै, असार ३१ गते रुकुम पश्चिमको मुसिकोट नगरपालिका-१३ निवासी अर्की महिलालाई पनि जटिल प्रसूति समस्या भएपछि नेपाली सेनाको हवाई साधनमार्फत उद्धार गरी थप उपचारका लागि सुर्खेत पुर्‍याइएको निर्देशनालयले जनाएको छ।

दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलालाई समयमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजना अन्तर्गत हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ।

मन्त्रालयले जटिल प्रसूति अवस्थाका महिलालाई आवश्यक परे तत्काल उद्धार गरी सुविधासम्पन्न अस्पतालमा उपचारको व्यवस्था गर्दै आएको जनाएको छ।

प्रकाशित: ३ साउन २०८३ ११:२१ | Sunday, July 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast