च्याम्पियन आर्सनलको क्रिस्टल प्यालेसमाथि रोमञ्चक जित

हिमाल प्रेस ११ जेठ २०८३ ७:४२ | Monday, May 25, 2026
8
SHARES
च्याम्पियन आर्सनलको क्रिस्टल प्यालेसमाथि रोमञ्चक जित

काठमाडौँ- च्याम्पियन आर्सनलले सिजनको अन्तिम इंग्लिस प्रिमियर लिग खेलमा क्रिस्टल प्यालेसमाथि २–१ को रोमञ्चक जित दर्ता गरेको छ । आइतबार सेलहस्र्ट पार्कमा पाहुना टोली आर्सनलाई जित दिलाउन गाब्रियल जिसस र नोनी माडुकेले समान एक गोल गरे । जिन फिलिपे माटेटाले गरेको गोल प्यालेसका लागि सान्त्वना बन्यो ।

खेलको ४१औँ मिनेटमा जिससको गोलमार्फत आर्सनलले अग्रता लिएको थियो । ६ मिनेटपछि नै माडुकेले टोलीको अग्रता दोब्बर बनाए। निर्धारित समय सकिन दुई मिनेट बाँकी रहँदा माटेटाले गोल गर्दै प्यालेसलाई खेलमा फर्काउने संकेत दिए पनि त्यो पर्याप्त बन्न सकेन ।

जितसँगै आर्सनलले ३८ खेलमा ८५ अंक जोड्यो । पराजित प्यालेसले भने ४५ अंकका साथ १५औँ स्थानमा रहेर लिग अन्त्य गर्‍यो । आइतबारै सम्पन्न खेलमा सन्डरल्यान्डले चेल्सी र एस्टन भिल्लाले म्यानचेस्टर सिटीलाई २–१, वेस्ट ह्याम युनाइटेडले लिड्स युनाइटेड र म्यानचेस्टर युनाइटेडले ब्राइटनलाई ३–०, फुलहमले न्युक्यासल युनाइटेडलाई २–० तथा टोटनहमले एभरटनलाई १–० ले पराजित गरे ।

प्रकाशित: ११ जेठ २०८३ ७:४२ | Monday, May 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast