एसियन गेम्स क्वालिफायरका लागि ऐरीको नेतृत्वमा टोली घोषणा

हिमाल प्रेस १० जेठ २०८३ १६:३० | Sunday, May 24, 2026
10
SHARES
एसियन गेम्स क्वालिफायरका लागि ऐरीको नेतृत्वमा टोली घोषणा

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान) ले सिंगापुरमा हुने मेन्स एसियन गेम्स क्वालिफायर २०२६ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको छ।

मे ३१ देखि जुन ९ तारिखसम्म सञ्चालन हुने प्रतियोगिताका लागि १४ सदस्यीय नेपाली खेलाडी छनोट गरेको क्यानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

छनोट हुने टोलीको कप्तानीमा दीपेन्द्रसिंह ऐरी रहेका छन्। त्यस्तै टोलीमा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, सन्दीप जोरा, कुशल मल्ल, लोकेश बम, सन्दीप लामिछाने, सोमपाल कामीलगायतका खेलाडी समावेश छन्।

त्यसैगरी, करण केसी, आरिफ शेख, शाहब आलम र भीम सार्की पनि रहेका छन्।

प्रकाशित: १० जेठ २०८३ १६:३० | Sunday, May 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast