दीपेन्द्रसिंह ऐरी
काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान)ले एसियन गेम क्वालिफायरका लागि क्यानले दीपेन्द्र सिंह ऐरीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। टोलीमा दीपेन्द्र कप्तान भए पनि रोहित पनि छन्। उनीहरूबाहेक कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, कुशल मल्ल, लोकेश बम, सोमपाल कामी, सन्दीप लामिछाने, शेर मल्ल, नन्दन यादव, आरिफ शेख, करण केसी र साहव आलम रहेका छन्।
एसियन गेम्स क्वालिफायर एक हप्तापछि अर्थात् मे ३१ देखि जुन ९ सम्म सिंगापुरमा हुँदै छ। नेपालले मे ३१ बिहान ७स्१५ बजे चीनसँग, जुन २ मा कतारसँग, जुन ४ मा मलेसियासँग खेल्नेछ। क्वालिफायरमा नेपालसँगै चीन, मलेसिया र कतार छन्। अर्को समूहमा सिंगापुर, ओमान, हङकङ र बहरेन छन्।

प्रकाशित: १० जेठ २०८३ १४:१९ | Sunday, May 24, 2026
प्रतिक्रिया




