नेविसंघ कार्यकर्ताले दिए पार्टी मुख्यालयमा धर्ना

हिमाल प्रेस १० जेठ २०८३ १३:५१ | Sunday, May 24, 2026
44
SHARES
नेविसंघ कार्यकर्ताले दिए पार्टी मुख्यालयमा धर्ना

काठमाडौँ- नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्ताले नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना दिएका छन्। पार्टीभित्र एकता कायम गर्न, १२औँ महाधिवेशनको मिति घोषणा गर्न तथा संगठनलाई चलायमान बनाउन दबाबस्वरूप उनीहरूले सांकेतिक विरोध प्रदर्शन गरेका हुन्।

कार्यकर्ताहरूले पार्टी कार्यालयका विभिन्न कक्षको बाहिर प्लेकार्ड टाँसेर पार्टी ‘युनिटी फस्ट, इगो ल्याटर’, ‘युवालाई स्पेस देऊ, पार्टीलाई पेस देऊ लगायतका नारामार्फत नेतृत्वको ध्यानाकर्षण गराएका थिए।

धर्नामा सहभागी विद्यार्थी नेताहरूले नेपाली कांग्रेसभित्रको आन्तरिक एकता सुदृढ हुनुपर्ने र त्यसको आधार विद्यार्थी संगठनबाटै सुरु हुनुपर्ने बताएका छन्। उनीहरूले गुट–उपगुटभन्दा माथि उठेर संगठन र पार्टीलाई एकताबद्ध बनाउन नेतृत्वले पहल गर्नुपर्ने धारणा राखेका थिए।

नेविसंघलाई लामो समयसम्म निष्क्रिय अवस्थामा राख्नु उचित नभएको उल्लेख गर्दै उनीहरूले समयमै महाधिवेशन सम्पन्न गरी युवालाई निर्णायक भूमिकामा अघि ल्याउनुपर्ने मागसमेत गरेका छन्।

प्रकाशित: १० जेठ २०८३ १३:५१ | Sunday, May 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast