नेपाल-भारत सीमाबाट तीन बालिकाको उद्धार, १ युवक पक्राउ

हिमाल प्रेस १० जेठ २०८३ ७:३९ | Sunday, May 24, 2026
2
SHARE

पर्सा- पर्सा प्रहरीले नेपाल-भारत सीमा क्षेत्रबाट तीन जना बालिकाको उद्धार गरेको छ। विभिन्न प्रलोभनमा पारेर भारत लैजान लागिएका तीन जना बालिकाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

वीरगञ्ज महानगरपालिका १६ भन्सार क्षेत्रबाट शनिबार ती बालिकाको उद्धार गरिएको हो। बालिकाहरूलाई ललाइफकाई भारत तर्फ लैजाँदै गरेको आशंकामा प्रहरीले एक युवकलाई पनि पक्राउ गरेको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको पर्सा प्रहरीले जनाएको छ।

प्रकाशित: १० जेठ २०८३ ७:३९ | Sunday, May 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast